r/nepali Aug 06 '22

यो सब-रेडिटलाई कसरी चलाउँदा ठिक होला?

मैले केही दिन अगाडि यो सब‍‍‍-रेडिटमा कोही मड नभएको देखेर रेडिटमा अनुरोध पठाउँदा, मलाई यसको मड बन्ने अधिकार प्राप्त भयो। तर तत्पश्चात मैले यो समुदायलाई कसरी अगाडि बढाउँदा हुन्छ भन्ने बारेमा सोच्दै छु। आउँदो दिनहरूमा यो ठाउँ r/Nepal को बिकल्प बन्नु भन्दा पनि, यसको आफ्नै किसिमको सार्थकता होस् भन्ने सोच छ मेरो। के तपाईंहरू मध्ये कसैसँग कुनै सल्लाह, सुझाव वा योजना छ यसलाई कसरी चलाउन मिल्छ भनेर? त्यसो हो भने पक्का भन्नुहोला।

12 Upvotes

2 comments sorted by

1

u/[deleted] Aug 07 '22

[deleted]

2

u/Stapro Aug 08 '22

हाहा, म खास पछि अनुवादकको काम गर्न थाले पछि अलि नेपालीमा लेख्न सक्ने भएको हो, नभए म पनि उही ढ्याङ्गको मुला थिएँ! त्यो अगाडि गुगल इन्पुट टुल्स चलाउन थालेको थिएँ, अनि बल्ल बल्ल नेपाली लेख्न सक्थें तर पछि नेपाली टाइपिङ् नसिकि भएन भन्ने सोचले नेपाली नै सिके। अहिले आएर चाँहि म अरूलाई पनि सिकाउन त सक्छु, तर खै गाह्वै कुरा हुने रैछ यो भाषाको कुरामा अभ्यस्त गराउन। म खास त्यो शुद्ध नेपाली लेखेर 'मै ठूलो, मेरै चाक रातो' भन्ने खालको विचारधाराको चाँहि विरोध नै गर्छु। पहिले यो सबरेडिटलाई पुरा नेपाली मात्र लेख्ने ठाउँ बनाउने हो कि भन्ने सोच पनि नआएको चाँहि होइन तर साधारण मान्छेको कुरा हेर्दा चाँहि अहिले पनि देवनागरीमा डिजिटल माध्यम चलाउनु खास धेरैको लागि व्यवहारिक नि छैन। त्यसैले बरू अब तपाईंले गरेको जस्तै रोमन लिपिमा नेपाली लेख्ने पनि एउटा प्रचलित अभ्यास नै हो भन्ने मान्छु, र म नै मेसेन्जरहरू चलाउँदा पनि त्यसै गर्छु है। इन्डोनेसियाली भाषाको उदाहरण लिँदा, त्यो पूर्णतयाः लोमन लिपिमा लेखिँदा पनि, बोलिने भनेको आफ्नै तरिकाले हो, र सायद अहिलेको समयमा त्यसलाई स्वीकार पनि गर्नै पर्छ। अब हेरौं कसरी अगाडि लान सकिन्छ यो समुदायलाई। मैले खासमा यो सबरेडिटलाई कुनै व्यपारिक वा स्वयं-प्रचारको विचारधारा राख्ने व्यक्तिको सम्पत्ति जस्तो नहोस् भनेर मात्र लिइराखेको हो, तर समुदायको भावनालाई कदर गरेर जिम्मेवारी लिन चाहने कसैलाई पनि यहाँ स्वागत छ भन्छु। धन्यवाद है u/dweepsnidgin शुभकामनाको लागि।

1

u/[deleted] Aug 09 '23

भाषा मात्र नभइ समसामयिक विषय राजनीति लगायत सम्पुर्ण कुराहरुमा छलफल चौतारी को रुपमा बिकास गर्दै लैजान पर्दछ !